धनगढीको नेपाल–भारत सीमा जोड्ने सडकमा राष्ट्रिय झण्डा राखियो

धनगढी : धनगढीको नेशनल चोकमा राष्ट्रिय झण्डा राखिएको छ। शनिवार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले झण्डात्तोलन गरेका हुन्। नेपाल–भारत सीमा गौरीफन्टा जोड्ने ६ लेन सडकको चोकमा मालिका युवा सञ्चाजालले झण्डाका लागि पोल स्थापना गरेको थियो।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सञ्जालले विभिन्न व्यक्तिहरुबाट रकम संकलन गर्दै झण्डाका लागि पोल स्थापना गरेको थियो। झण्डात्तोलन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख हमालले सञ्जालले धनगढीको फोहोर व्यवस्थापनमा पनि सहयोग गर्न आग्रह गरेका छन्। उनले फोहोर व्यवस्थापनका लागि जनताको पनि सहयोग हुनुपर्ने र सञ्जालले जनचेतनाका कार्यक्रम गर्नुपर्ने बताए।

नेपाल–भारत सीमामा रहेको सञ्जालले भारतीय पर्यटकको सम्मान तथा स्वागतका लागि पनि कार्यक्रम गर्नुपर्ने बताए। गौरीफन्टा सीमा क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने बताउँदै हमालले सञ्जाल तथा नागरिकहरुले पनि भारतीय पर्यटकलाई स्वागत र सूचना दिनुपर्नेमा जोड दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.