कैलाली उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा

धनगढी : कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि दुई छुट्टाछुट्टै प्यानलले चुनावी तयारी थालेका छन्। जेठ २८ गते हुने उद्योग बाणिज्य संघको चुनावमा दुइ समूहले छुट्टाछुट्टै प्यानलसहित तयारी थालेका हुन्।

हालका अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानलले आईतबार मनोनयन दर्ता गरेका छन्। कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन्। त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।

कुँवर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर राज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिष्मराज ओझा र सचिवमा सुरेश पाण्डेय उम्मेदवार रहेका छन्। यस्तै राठी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, बाणिज्य उपाध्यक्षमा केशव जोशी, वस्तुगत उपाध्यक्षमा केशव पाण्डेय, महासचिवमा सिद्धराज पनेरू, कोषाध्यक्षमा रंजन शर्मा र सचिवमा महेन्द्रबहादुर सिंह रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.