अग्नी संवाददाता
अत्तरिया, २२ जेठ : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेका किड्स जोन स्कुलले सर–सफाई तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातवरण दिवसको अवसरमा विद्यालय तथा अत्तरिया बजारमा आईतबार सर–सफाई तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
स्कूलका प्रिन्सिपल मदनराज जोशीले स्वच्छ वातावरणका लागि सर–सफाई भन्ने मुल नाराका साथ विद्यार्थी र शिक्षकहरुको सहभागितामा कार्यक्रम भएको बताए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जनचेतना मुलुक प्लेकार्डहरु बोेकेका थिए । ‘रुख रोपौं जिवन जोगाउँ’, ‘ह्याप्पी वर्ड इन्भारामेन्ट डे’ लेखिएका प्लेकार्ड बोकेका हुन सर–सफाई कार्यक्रममा विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।


