अत्तरिया, २३ जेठ : कैलालीको गोदावरी नगरपालिका अत्तरियका लागि बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक रूद्र अटोमोटिभ्सले आईतबार एक्सचेन्ज अफर ‘मेला’ सुरु गरेको छ । उक्त अफर मा ‘अब आउट डेट लाई गरौं अपग्रेड’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफर जेठ २८ गते सम्म लागू हुने गरी सुरु गरिएको हो ।

७ दिन सम्म लागू गरिएको एक्सचेन्ज अफर महामेला अहिलेसम्मकै सबै भन्दा वृहत भइरहेको र अत्तरिया क्षेत्र मात्र नभई सुदूरपश्चिम कै विभिन्न ठाउँहरूबाट ग्राहकहरुले एक्सचेन्ज महामेलाको सेवा सुविधा लिँदै आइरहेको बजाज शोरुम रूद्र अटोमोटिभ्सले जनाएको छ ।
एक्सचेन्ज अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक ल्याएर नयाँ बजाज कम्पनीको बाइक लिएर घर फर्कन सक्नेछन् । यस अफरमा कुनै पनि कम्पनीको मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन (मूल्य) भन्दा १० हजार रुपैँया सम्मको थप गरि एक्सचेन्ज अफरमा दिँदै आईरहेको अटोमोटिभ्स अत्तरिया बजाज सोरुमले जनाएको छ ।
साथै सो अफरमा रूद्र अटोमोटिभ्स अत्तरिया बजाज सोरुमले बजाज कम्पनीको नयाँ मोटरसाइकल खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्टमा ० (शून्य) प्रतिशत ब्याज र निःशुल्क (एक्सेसोरिज) सामानको समेत सुविधा रहेको मा नयाँ मोटोर्क जनाएको छ ।
महा मेलामा एक्सचेन्जको अफर को साथै ७ दिन सम्मै अत्तरिया क्षेत्रमा रहेका स्थानीय कलाकारहरुको नृत्य, सांगितिक र नाटकीय प्रस्तुती समेत रहेको र ग्राहक ऐवम दर्शक हरुलाई मनोरञ्जन प्रदान गर्दै आइरहेको अत्तरिया रूद्र अटोमोटिभ्स कम्पनीले जानकारी दिएको छ ।
