जिसस कैलालीको प्रमुखमा काँग्रेसका पदमबहादुर कलेल विजयी

अत्तरिया : जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखमा नेपाली काँग्रेसका पदम बहादुर कलेल विजयी भएका छन् । कूल १३ पालिका २६ मतदाता रहेकामा २५ जनाले मतदान गरेका छन् । कलेलले १३ मत पाएका हुन । प्रमुखका अर्का उम्मेदवार नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए ।
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको एउटा गठबन्धन र नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको अर्को गठवन्धन भएको थियो ।

निर्णायक मानिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गठवन्धनका पक्षमा मतदान गरेका हुन् । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीभक्त उपाध्यायले भने भ्रष्टाचार लागेका कारण मतदान गर्न पाएनन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.