भोलि सुदूरपश्चिम प्रदेश सरकारको बजेट आउने
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९\०८० को बजेट भोली असार १ गते ल्याउने भएको छ। यो बजेट सुदूरपश्चिम प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हुनेछ। प्रदेश सरकार पहिलो पटक बनेपछि उसले ल्याउने यो बजेट छैटौं हो। प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तयारी पूरा भएको प्रदेश सरकारले जनाएको छ।
आगामी आर्थिक वर्षको बजेट ३३ अर्बको हाराहारीमा आउने प्रदेश सरकारले बताएको छ। कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको हो। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो। संघीय सरकारले प्रदेश सरकारले प्राप्त गर्दै आएको अनुदान रकम बढाएर पठाएपछि बजेटको आकार बढ्ने भएको छ ।