सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण सुरु (लाइभ)

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९\०८० को बजेट अधिबेशन सुरु भएको छ। प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था अनुसार आज अपराह्न साढे ४ बजे देखी सुरु हुने बताएपनी ढिलोगरि बजेट अधिबेशन सुरु भएको हो ।

प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल बजेट प्रस्तुत गरिरहेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम आर्थिक वर्षमा बजेटको आकार बृद्धि गरेर प्रस्तुत गर्ने तयारी छ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७८\०७९ का लागि ३० अर्ब ५५ करोड चार लाख ५४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। आगामी आर्थिक वर्षमा झण्डै साढे चार अर्ब रुपैया थप गरेर बजेट आउने बताइएको छ ।

 

दशौँ अधिवेशनको ११औँ बैठक(बजेट वक्तव्य) प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, मिति २०७९-०३-०१ गते – YouTube

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.