कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जोशीद्वयको उम्मेदवारी

कञ्चनपुर, १८ असार : कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७ औँ कार्यकारिणी समितिको अध्यक्ष पदका लागि पिताम्वर जोशी र गणेशदत्त जोशी चुनावी मैदानमा उत्रिएका छन् ।

कञ्चनपुरमा व्यावसायिक क्षेत्रमा सक्रिय पिताम्बर बाणिज्य संघको बहाल बरिष्ठ उपाध्यक्ष हुन भने गणेश पूर्वअध्यक्ष हुन् । सङ्घको नेतृत्वका लागि दुवैजना आ–आफ्नो टोलीसहित चुनावी मैदानमा उत्रिएका छन् । पिताम्वर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका छन् ।

यही असार २५ गते महेन्द्रनगरमा हुने निर्वाचनका लागि प्यानलसहित जिल्लाभर चुनावी दौडमा दुवै प्यानल छन् । पिताम्बर प्यानलले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ । सङ्घका वर्तमान अध्यक्ष जङ्गबहादुर मल्ल, पूर्वअध्यक्ष हेमराज पाण्डेय, माधव भट्टलगायतको साथ रहेको भन्दै आफू जित्नेमा पिताम्बर आशावादी छन् ।

व्यवसायीको स्म्मान, मुलुक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले आफू व्यापारी, व्यवसायीको हकहित र अधिकारका लागि सक्रिय रहने बताए । “सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र स्थापनादेखि मझगाउँ विमानस्थल सञ्चालनसम्मका निजी क्षेत्रको पहिलेदेखि नै सक्रिय पहल रहेको उनको भनाई थियोे । उनको प्यानलबाट वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र महासचिवमा खगेश्वरप्रसाद जोशी चुनावी प्रतिस्प्रर्धामा छन ।

गणेशदत्त प्यानलबाट बाणिज्य उपाध्यक्षमा विनोद जोशी र महासचिवमा निर्मला सापकोटा भट्ट उम्मेदवार बनेका छन् । तीन हजार २०० भन्दा बढी मतदाता रहेको उद्योण वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षसहित ११ पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.