बैतडीबाट ५ महिलाको उद्धार

बैतडी : बैतडीमा मानसिक समस्या भएका ५ महिलाको उद्धार गरिएको छ। उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरिएको हो। मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए।

जिल्लाको शिवनाथ गाउँपालिकाबाट २ जना, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट १र१ जनाको उद्धार गरिएको उनले बताए। धनगढीमा रहेको दृष्टि फाउण्डेसन संस्थासँग सहकार्य गरेर उनीहरुको उद्धार गरिएको उनले बताए। उद्धार गरिएका मानसिक समस्या भएका महिलाहरुको लागि आवश्यक औषधि स्वास्थ्य कार्यालय बैतडीले व्यवस्था गर्नेछ। निःशुल्क रुपमा खाना र बासको व्यवस्था सहित मनोसामाजिक परामर्श फाउण्डेसनले गर्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.