धनगढी : हवाई भाडामा फेरि वृद्धि भएको छ। नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो।
योसँगै काठमाडौं–धनगढी हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ। यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौंसिमराको भाडा ४ हजार २०४ पुगेको छ। पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो।
सम्बन्धित पाेस्टहरु