धनगढी : दार्चुलामा एक शिक्षिकाको लडेर मृत्यु भएको छ। बिहीबार मार्मा गाउँपालिका(४ मा रहेको दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको हो।
घर नजिकैको खेतमा जाँदै गर्दा ३८ वर्षीया महराको मृत्यु भएको उनका आफन्त नारदसिंह महराले बताए।