आलितालमा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो

डडेल्धुरा : डडेल्धुरा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले डडेल्धुरामा भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षलाई कालो मोसो दलेका छन्।

जिल्लाको आलिताल गाउँपालिका–३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई बिहीबार राति नेकपा बहुमत डडेल्धुराले कालो मोसो दलेको हो।

किर्ते कागज गरी सामुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैले भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.