मतगणना अपडेट : बुढीगंगामा एमाले उम्मेदवारको अग्रता कायमै

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा ३ हजार ९६२ मत गणना हुँदा नगरप्रमुख पदका एमाले उम्मेदवार रामबहादुर बानियाँले अग्रता कायमै राखेका छन् । उनले २ हजार ४४३ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार रंगबहादुर खातीले एक हजार २९१ मत पाएका छन् ।पुनः भएको मतदानमा कूल ९ हजार १२८ खसेको छ ।

यस्तै ,उपप्रमखु पदमा पनि एमालेकै उम्मेदवार अगाडी छन् । एमाले उम्मेदवार माया कुँवर २ हजार ४१७ मत पाएकी छिन् भने कांग्रेस उम्मेदवार रिता शाहले एक हजार ३१२ मत ल्याएकी छिन् । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएको छ । वडा नम्बर ३ र ८ को को मतगणना शुरु भइरहेको छ। अहिलेसम्म ३९ सय ६२ मतगणना सकिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.