गोदावरीमा ‘भोट बराबरको बोट रोप्ने’ अभियान

अत्तरिया, २५ असार  : कैलालीको गोदावरी नगरपालिकामा ‘भोट बराबरको बोट रोप्ने’ अभियान सुरु गरिएको छ । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उक्त अभियानको सुरु गरेका हुन ।
गोदावरी नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले पाएको भोट अनुसारको बोट रोक्न गरिएको पुर्व घोषित अभियान अन्तरगत शनिबनरदेखि अभियान सुरु गरिएको हो । अभियान अन्तरगत शनिबार अत्तरियामा रहेको दुर्गा मन्दिर र जानकी मन्दिरमा वृक्षारोपण गरिएको छ ।
उक्त अभियानको नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेम भट्टले स्थानीय निर्वाचन अगाडि घोषणा गरेको थिए । सोही बमोजिम अभियान सुरु गरिएको उनले बताएका छन । अभियान अन्तरगत प्रत्येक घरमा १÷१ विरुवा निःशुल्क वितरण गरिने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.