अग्नी संवाददाता
धनगढी, २७ असार : धनगढीमा सबैका लागि पढाई कार्यक्रमको मिडिया संगको सिकाई आदानप्रदान तथा समीक्षात्मक गोष्ठी सम्पन्न भएको छ । सोमबार युएस आईडि, ह्यान्डिक्याप ईन्टरनेस्नल र व्श्वि क्षिक्षाको सहकार्यमा सर्वाङीण अपांगता विकास समाज नेपालद्वारा संचालित अपांगता भएका बालबालिकाहरुको शिक्षामा पहुँच अभिबृद्धी गर्न सबैका लागि पढाई कार्यक्रमको आयोजनामा मिडिया संगको समीक्षात्मक गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा सबैकालागि पढाई कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको १३ पालिकाका ५ सय ५४ विद्यालयका पुर्व प्राथमिक तह देखि कक्षा ३ सम्ममा अध्ययन गरिरहेका कार्यगत सिमितता भएका ३८ हजार ८८३ बालबालिकाहरु मध्ये ४ हजार ४८८ जना बालबालिकाको सिमितता पहिचान गर्न सेवा प्रदायक निकायहरुले प्रतिबद्धता व्यक्त गरेका छन । वाशिङ्टन ग्रुप प्रश्नावली अनुसार शंकामा परेका शारीरिक, सुनाई सम्बन्धि समस्या, हेराई सम्बन्धी समस्या र मनोसामाजिक समस्या भएका बालबालिकाहरुलाई रेफेरल सेवा दिने लक्ष्य उक्त रहेको आयोजक संस्थाले जानकारी दिएको थियो ।
कार्यक्रममा पत्रकारहरुले आफुहरुलाई न्यूनतम भएपनि समाबेशी शिक्षा सम्बन्धि जानकारी हुनुपर्ने कुरा राखेका थिए । यस्तै धनगढी उपमहानगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण बोहराले बृहत स्वास्थ सेवा नगरपालिकाले संचालन गर्ने र त्यस बेला सबैलाई समेटेर तत्काल धनगढी भित्रका सेवा प्रदायकहरुलाई सहज सेवा दिन पत्राचार गरि सहयोग गर्ने बताए । सारथि अस्पतालका डाक्टर निरज शाहले ओपिडी पर्चा शुल्क मिनाहा गरि चेकजांच गर्ने जानकारी दिए ।
ईम्प्याकट नेपालका अधिकृत रामबहादुर बोगटीले पनि कानको जाँच निशुल्क गर्ने र उपकरण भने खरिद गर्नुपर्ने बताए । यस्तै गेटा आखा अस्पतालका प्रतिनिधि देव राज पनेरुले आँखा जाँच गरेको बालबालिकालाई चस्मा निशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै शिक्षा विकास तथा समन्वय प्रमुख प्रताप धामीले स्थानीय तहले यो अभियानमा हातेमालो गर्नुपर्ने धारणा राखेका छन् । शिक्षा महाशाखा धनगढीका पुस्प राज भट्टले स्थानीय सरकारपनि यस्ता बिषयमा जिम्मेवार हुनुपर्ने विचार ब्यक्त गरे । डाक्टर धनबहादुर कार्की र निसर्ग अस्पतालका काउन्सेलर रोहित गिरिले १० प्रतिशत छुटमा बालबालिकाको चेकजाँच गर्ने गरि सबैको सहमतिमा साझा सम्झौता बनाउनुपर्ने धारणा राखेका थिए । यो परियोजनाले कैलाली जिल्लाको १३ पालिकाको ५५४ स्कुलमा हेड सर तालिम, प्रारम्भिक पहिचान तालीम, श्रोत बिधालयमा शैक्षिक सामग्री वितरण अपांगता भएका बालबालिकाहरुको तथ्यांक संकलन जस्ता कार्यक्रम सप्पन्न गरि रेफेरल सेवा तर्फ उन्मुख भएको र हाल सम्म ३६८ जनाको नियमित प्रक्रिया बाट र ५४० जनाको विशेषज्ञ टोलि सहितको मेडिकल टोलिले सेवा दिई सकेको छ । यस्तै ६ जना अपांगता परिचयपत्रको लागि सिफारिस भएको छ भने ५ जनाले चस्मा सहायक सामग्री प्राप्त गरेको विवरण सस्थाका कार्यकारी निर्देशक नन्दराज भट्टले जानकारी दिए । परियोजना सिनियर अधिकृत लोकराज पन्तले संचालक गरेको कार्यक्रम कार्यकारी निर्देशक नन्दराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, ह्यान्डिक्याप ईन्टरनेस्नलका चिपअफ पार्टी शौरभ शर्मा र प्राबिधिक शान्तिको महत्वपूर्ण प्रस्तुति रहेको थियो । गोष्ठीमा अन्नपूर्ण पोस्टका शिव राज भट्ट कान्तिपुरका मोहन बुढाएर , धनगढी पोस्ट एवं पत्रकार महासघ कैलालीका अध्यक्ष हिमालय जोशी, कैलाली पत्रकार महासंघ सदस्य एवं अग्नी पोस्टका कार्यकारी सम्पादक कैलाश जोशी सगरमाथामा टेलीभिजनका दिनेश बिष्ट, दिनेश एफएमका कमल साउंद र धनगढी खबरका समीर प्रशाद भट्ट लगायतको उपस्थिति रहेको कार्यक्रममा परियोजनाको प्रमुख उपलब्धि र भाबी योजनाको बारेमा सिकाइ आदानप्रदान भएको थियो ।
