स्वास्थ सेवामा सबै जनताको पहुँच सुनिश्चितता गर्छौ : सामाजिक राज्यमन्त्री रैका

अत्तरिया : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका ले स्वास्थ सेवामा सबै जनताको पहुँच गराउनु पर्नेमा जोड दिएका छन् ।
पोलियो मुक्त प्रदेश निर्माणका लागि २ दिने समीक्षा गोष्ठीको धनगढीमा उद्घघाटन कार्यक्रममा राज्यमन्त्री रैकाले उक्त कुरामा जोड दिएका हुन्। उनले स्वास्थ सेवालाई थप सुधार गरी गुणस्तरीय,विश्वस्नीय र सर्बसुलभ बनाउनुपर्ने र पहुँच सुनिश्चितता गराउँने बताए
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख दयाकृष्ण पन्त, स्वास्थ निर्देशानालय निर्देशक डा. जगदिश ज‍ोशी,अधिकृत ओमप्रकाश जोशी लगायतकाले मन्तब्य राखेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय,स्वास्थ निर्देशानालय दिपायलको संयोजन र विश्व स्वास्थ संगठनको सहयोगमा स्वास्थ सेवा बिभाग काठमाडौले कार्यक्रम आयोजना गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.