बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

धनगढी : बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्। जिल्लाको मेलौली नगरपालिका-५ खलीगाडकी १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, ८ वर्षीया सोनीया जोशी र ४ वर्षीया दीव्या जोशी बिरामी भएका हुन्।

उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको बताइएको छ। मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ घरमै पकाएर खाएका उनीहरुले बन्ता गर्न थालेपछि अपराह्न पाँच बजे स्वास्थ्य केन्द्र लगिएको थियो। उनीहरुको अवस्था खतरामुक्त रहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.