गोदावरी सहकारी संजाल गठन

अग्नी संवाददाता
अत्तरिया, १३ साउन : कैलालीको गोदावरी नगरपालिकाममा गोदावरी सहकारी संजाल गठन गरिएको छ । शुक्रबार सहकारीका सदस्यहरुको बसेको भेलाले नगगरस्तरिय संजालको तदर्थ समिति गठन गरेको जनाएको छ ।
भेलाले समितीको अध्यक्षमा प्रकाश जोशीलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा गौरी चौधरी, सचिवमा अमरबहादुर कुँवर र कोषाध्यक्षमा क्षेत्रा साउँद चयन भएका छन । त्यस्तै सदस्यहरुमा शक्रान्ती भट्ट, बिष्णु खड्का, देब भण्डारी, गरि ७ जनाको तदर्थ समिति गठन भएको हो ।
गोदावरी नगरपालिका सहकारी साखाका प्रमुख दिव्यराज जोशीको अध्यक्षमा बसेको भेलामा नगरपालिका भित्र रहेका सहकारीको सहभागीता रहेको थियो । संजालले नगरपालिकामा रहेका सहकारीका समस्या र यस क्षेत्रमा रहेका सहकारीहरुलाई एकजुट गर्ने अध्यक्ष जोशीले भनाई रहेको छ । पछिल्लो सयम गोदावरी नगरपालिका लगायत विभिन्न स्थानीय तहमा सहकारी खोल्ने क्रम तिब्र छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.