अत्तरिया : कैलालीको गोदावरी नगरपालिका मा वडा न २ मा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लमिटेड को शुक्रबार ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०६७ साल असोज २६ गते का दिन २६ जना युवाहरु (सदस्यहरु) मिलेर “हाम्रो बचत राम्रो बचत” समूह हुर्दै २०६८ असोज ९ गतेका दिन सहकारी ऐन २०४८ अनुसार दर्ता भई गोदावरी नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय स्थापना गरी संचालनमा ल्याएको यस सहकारी संस्थामा हाल २ हजार ११ जना शेयर सदस्यहरु रहेका छन ।
साधारण सभा मा संस्थाको वार्षिक प्रतिवेदन संस्था का अध्यक्ष वेदप्रकाश पाण्डेय ले गरे संगै लेखा समिति प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक हरिदत्त भट्टराईले प्रस्तुत गरेका थिए। यसै गरी आर्थिक वर्ष २०७८/०७९ को आय – व्यय प्रस्तुत गर्दै संस्था का मुख्य प्रबंधक प्रकाश कुमार जोशीले आ व २०७८/०७९ मसान्त सम्म मा संस्था को १ करोड ८० लाख ६३ हजार ६सय रुपैयाँ शेयरपुँजी रहेको बताए। यसैगरी संस्था ले यस आर्थिक वर्ष २०७८/०७९ मा १८ करोड ३ लाख ९१ हजार रुपैयाँ बराबर को आर्थिक कारोबार गरेको मुख्य प्रबंधक जोशी ले बताए संगै उनले यस वर्ष सम्पूर्ण खर्च कटाई ४४ लाख ७७ हजार ९ सय २८ रुपैयाँ खुद नाफा आर्जन गरेको समेत बताए।

यसैगरि संस्था ले गोदावरी नगपालिका वडा नं ५ गेटा मा शाखा कार्यालय सञ्चालनमा ल्याइ निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको समेत संस्था मुख्य प्रबंधक प्रकाशकुमार जोशी ले जानकारी दिए । संस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेय को सभापतित्वमा संचालन भई सम्पन्न भएको यस साधारण सभा मा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक का क्षेत्रीय प्रबंधक कृष्ण रावल रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए । साथै कार्यक्रममा विभिन्न संघ संस्था का पदाधिकारी एबं प्रबंधक हरुको समेत उपस्थिति रहेको थियो। संस्था का लेखा सुपरिवेक्षण समिति का संयोजक हरी दत्त भट्टराई ले स्वागत मन्त्यव्य गरे संगै कार्यक्रम संचालक संस्था का मुख्य प्रबंधक वेदप्रकाश जोशीले गरेका थिए।
