दार्चुला,२६ भदौ : दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आईतबार बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।
अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला परेको, १० जना बेपत्ता भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरक्षक (इन्सपेक्टर) जगत मगरले जानकारी दिए । ८ जना घाइते मध्ये पाँच जनाको उपचार भइरहेको छ भने ३ जना डिस्चार्ज भइसकेका छन् ।
बेपत्ता भएकाहरूको आज पनि सुरक्षाकर्मी र स्थानीय नागरिकले खोजी कार्य गरिरहेको इन्सपेक्टर मगरले बताए । यसैबिच दार्चुलाको खलंगामा रहको श्री महेन्द्र नमुना प्रधाध्यापक रामदत्त जोशीले बाढी प्रभावित भएका विद्यार्थीहरुलाइ आर्थिक सहयोग गर्ने बताएका छन् ।