अत्तरिया हस्पिटल र प्रभु बैंक बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

अत्तरिया, ४ असोज : कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटल र प्रभु बैंक लिमिटेड बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ ।
अस्पताल र बैंक सँग सम्झौता भएसँगै प्रभु बैंक लिमिटेडका ग्राहकहरुले अत्तरिया अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।
सम्झौतामा बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र अत्तरिया हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक आनन्द पाठकले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंक लिमटेड का ग्राहकहरुले अत्तरिया हस्पिटले प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवाहरु अन्तर्गत एक्स–रे, इसीजी, इको, इन्डोस्कोपी, ओपीडी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एनआइसीयु, आइसीयु, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत सम्म को छुट पाउने भएका छन् ।
यसै गरी क्याबिन हस्पिटल भर्ना शूल्कमा २० प्रतिशत र ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट प्रभु बैंक लिमटेडका ग्राहकहरुले पाउने सम्झौता मा उल्लेखित भएको छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.