अत्तरिया : एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् । शनिबार बसेको दलको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उप नेतामा सन्तोष शर्मा थापा चयन भएकी छन् ।
सुदूर पश्चिमका १० जना प्रदेश सभा सदस्यको उपस्थितीमा दलको नेता र उपनेता चयन गरिएको हो। एमाले केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।
सम्बन्धित पाेस्टहरु