कैलालीमा साहुजीसहित भन्सार छली सामान ल्याउदै गरेका ४ जना पक्राउ

धनगढी : कैलालीमा भारतबाट अवैध रुपमा भन्सार छली गरेर सामान ल्याइरहेको अवस्थामा साहुजीसहितका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान टीकापुर नगरपालिका–४ अस्नेहरीमा भारतबाट भन्सार छली ल्याउदै गरेको सामानसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय अरुण गुप्‍ता (साहुजी), भारतको तिकुनिया बस्ने २४ वर्षीय सलमान हस्मी, १८ वर्षीय तारिख कुरेसी र ४८ वर्षीय अस्लम हस्मी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्ष (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

उनीहरुको साथबाट ४० हजार रुपैयाँ बराबरको साढे चार बोरा मम्फली र साइकल बरामद गरिएको छ । नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.