३५ वर्ष नाघेका अविवाहित महिला र तेस्रोलिंगीलाई भत्ता

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी नगरपालिकाको वडा नम्बर ३ ले ३५ वर्ष नाघेका अविवाहित बेसहारा महिला तथा तेस्रोलिंगीहरूलाई एकल महिलासरह भत्ता उपलब्ध गराउने भएको छ। नगरपालिकाको वडा नम्बर ३ कार्यालयले आज एक सूचना जारी गर्दै वडाभित्रका अविवाहित महिला तथा तेस्रोलिंगीहरूलाई भत्ता प्राप्त गर्न आवश्यक कागजपत्रसहित १५ दिनभित्र कार्यालयमा निवेद पेश गर्न भनेको छ।

उक्त भत्ता प्राप्त गर्न व्यहोरासहितको निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, तेस्रो लिंगी तथा अविवाहित प्रमाणित भएको कागजातको प्रतिलिपि माग गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.