चुरेबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

अत्तरिया : कैलालीको चुरे गाउँपालिकाबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बिहिबार चुरे गाउँपालिका–४ पनेरूवा शिबिर बस्ने ४८ बर्षीय जब्बर रोक्कामगर अवैध भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बिहिबार रोक्कामगरको घर नजिककैको हल्दुको रूखको टोट्काबाट बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक वेद जोशीले जानकारी दिए । भरूवा बन्दुक सहित पक्राउ परेका रोक्कामगरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.