प्रधानमन्त्री प्रचण्डलाई भेटेर भूकम्प पीडितको समस्या समाधान गर्न नेता रावलको आग्रह

काठमाडौं : नेकपा एमालेका नेता डा भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी केहि दिन अघि सुदूरपश्चिममा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेता रावलले केही दिन अघि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरामा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका हुन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै रावलले यसबारेमा जानकारी दिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितको समस्या समाधान हुने भनेको पनि बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.