बहुमत गुमाएपछि ढल्यो एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार, काँग्रेसका शाह मुख्यमन्त्री हुँदै

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मुख्यमन्त्री रावल पदमुक्त भएका हुन् ।
मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन । मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
तर, निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् । टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पाटीले निर्णय गरेको थियो । उक्त पार्टीका ७ सांसद काठमाडौंमा छन् । आजको प्रदेश सभा बैठकमा सहभागी भएनन् । २७ पुसमा नाउपासमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो । संविधानको धारा १६८ को ९२० अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसकेपछि धारा ९३० अनुसार ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ ।
मुख्यमन्त्री रावल पदमुक्त भएपछि अब प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व लिँदैछ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.