पत्रकार उपाध्यायले गरे १ सय पटक रक्तदान

धनगढी : धनगढीका पत्रकार दिपक उपाध्यायले एक सय पटक रक्तदान गरेका छन् । नेपाल पत्रकार महासंघ कैलालीका कार्यसमिति सदस्य समेत रहेका उपाध्यायले आज सयौँ पटक रक्तदान गरेका हुन् । हरेक ३ महिनामा रक्तदान गर्दै आएका उपाध्यायले आज सयौँ पटक नेपाल रेडक्रस सोसाइटी कैलालीको रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गरेका हुन् ।
उपाध्यायलाई एक सय पटक रक्तदान गरेवाफत नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्रले सम्मान गरेको छ । रक्तदान जिवनदान भन्ने मुल मन्त्रबाट अभिप्रेरित भई मानव जिवन रक्षाका लागी स्वस्फुर्त रुपमा हालसम्म एक सय पटक रक्तदान गरेको भन्दै उपाध्यायलाई सम्मानपत्र सहित नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति बासु बिनाडी, मन्त्री लोकराज भट्ट तथा रक्तसञ्चार प्रमुख धरणी पन्तले सम्मान गरेका हुन् ।

उपाध्याय संगै धनगढीकै पत्रकार बिराज रोस्याराले ३५ औँ पटक रक्तदान गरेका थिए । उपाध्यायले सबैलाई रक्तदान गर्न आग्रह गरेका छन् । अरुको जिवन बचाउन र आफ्नो शरिरलाई स्वस्थ राख्न रक्तदान गर्नुपर्ने उनको भनाई थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.