सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पदभार ग्रहण, भ्रस्टाचार निर्मुल गर्न समिति गठन गर्ने निर्णय

अत्तरिया : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार सम्हालेका छन् । पदभार ग्रहण संगै शाहले भ्रस्टाचार सम्बन्धि धेरै कुरा बाहिर आएकाले त्यसको अन्त्यका लागी छानबिन गर्ने निर्णय गरेका छन् ।
भ्रस्टाचारलाई निर्मुल गर्ने उद्देश्यले भ्रस्टाचार बिरुद्धको प्रादेशिक कार्य योजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेको शाहले बताए । सो समितिले ३० दिनभित्र प्रदेशको अवस्था तयार पार्ने र त्यसपछि आवश्यक कदम चालिने शाहले बताएका छन् । शाहले प्रदेश सरकारमा भएको अनियमितता र भ्रष्टचारलाई नियन्त्रण गर्ने मुख्यमन्त्री शाहले पहिलो निर्णय गरेका छन् । यो सरकारलाई नियमित गर्नका लागी प्रदेशका सबै पार्टी संग बहस गर्ने गरी सबै मिलि प्रदेशको बिकास गर्नमा लागी पर्ने बताए । उनले आफु नेतृत्वको सरकारले विश्वासको मत पाउने समेत दावी गरे ।
यस्तै प्रदेशमा दुई जना नवनियुक्त मन्त्रीहरुले जिम्मेवारी समालेका छन । नेकपा ९एकृकीत समाजबादी०का तर्फ बाट नरेश शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समालेका छन भने नेपाली कांग्रेसका तर्फबाट प्रकाश देउवाले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी आज बाट समालेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.