अत्तरिया : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले विषेश अदालतबाट सफाई पाएका छन्। अध्यक्ष उपाध्यायले बिहीवार विशेष अदालत काठमाडौंबाट सफाई पाएका हुन्।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई राजश्व हिनामिना गरि सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेको भनेर विशेष अदालतमा मुद्दा दायर भएको थियो। २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ को अध्यक्षमा निर्वाचित उपाध्यायलाई नदीजन्य पदार्थ उत्खनन् गर्न लगाइएको ठेक्काको कम मुल्यांकन गरेर राजश्व संकलनमा हानि नोक्सानी पुगाएको भन्ने आरोप लगाइएको थियो।