प्रदेशस्तरिय खुला एकल लोक नृत्य ‘महिला’ प्रतियोगितामा लक्ष्मी बीसी पहिलो

अत्तरिया : राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल, अत्तरिया कैलालीको अयोजनामा भएको प्रदेशस्तरिय खुला एकल लोक नृत्य ‘महिला’ प्रतियोगिता २०७९ को कैलालीबाट लक्ष्मी बीसी ले प्रथम स्थान हासिल गरेकी छन । उनलाई २५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको हो । त्यस्तै दोस्रो स्थान बझाङबाट मनिषा सिंह भएकी छिन । दोस्रो स्थान बनेकी मनिषा सिंहलाई १५ हजार नगद सहित पुरस्कृत गरिएको हो । त्यसैगरी तृतीय स्थान हासिल गर्न सफल अछामबाट प्रियंका कुँवर भएकी छिन् । तृतीय स्थान बनेकी प्रियंका कुँवरलाई १० हजार नगद सहित प्रमाण पत्र पुरस्कृत गरिएको हो । साथै सान्त्वना पुरस्कार ५ हजार सहित प्रमाण पत्र बाजुराबाट गंगा थापा मगरलाई पुरस्कृत गरिएको छ । उक्त प्रतियोगिताको निर्णायक सँयोजकमा कुलमान नेपाली, खगेन्द्र नेपाल र के पि कलौनी रहेका थिए । प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाका ९ जना महिलाहरुको सहभागी रहेको थियो ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल केन्द्रीय समिति अत्तरियाका अध्यक्ष लिलाधर बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी प्रदेश सभा उप–सभामुख कोईली देवि चौधरी थिईन । त्यस्तै विशिष्ठ अतिथिमा प्रदेश सभा सदस्य तुलसी देवकोटा, खिमा देवि विष्ट, प्रकाश बहादुर बम, टिएन जोशी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरु, बुद्धिजिवी, समाजसेबी व्यक्तिहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि चौधरीले कार्यक्रममा लोक कला संस्कृतीहरु हराइरहेको बेला यस्तो किसिमको लोक नृत्य प्रतियोगिताले अझ बढी निखारता ल्याउने बताइन । ‘प्रदेशको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापन गर्न पनि चाहन्छु ।’ उनले भनिन् , ‘तपाईहरुले यस्तो किसिमको कार्यक्रम मार्पmत आफ्नो कला, संस्कृति जगाउने कार्य गरेर आफ्नो कला जोगाउने कार्य गर्न ठुलाो भुमिका खेलेको बताइन् ।’ महिलाहरुपनि खुल्ला रुपमा आफ्नो नृत्य देखाउन सक्छन सक्छन भन्ने कुरामा ध्यानाकार्षण भएको कुरा समेत बताइन् । उक्त नृत्य प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य सुदूरपश्चिम प्रदेशको मौलिक भाषा, कला, संस्कृति परम्परा उजागर गर्नका निम्ति आयोजना गरिएको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लिलाधर बास्कोटाले बताए । उक्त नृत्य प्रतियोगिता यहि माघ २७ र २८ गते गरी दुई दिन संचालन गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । त्यस्तै प्रतियोगिता कार्यक्रमको व्यस्थापन अत्तरियामा रहेको थ्रीडीभीएल क्रीयसनले गरेको थियो । उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आयोजना गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.