रेडियो दिवसको अवसरमा काठमाडौँमा वानको विशेष कार्यक्रम

काठमाडौँ : ब्रोडकास्टिङ एशोसिएशनअफ नेपाल९वान०ले विश्व रेडियो दिवसका अवसरमा ‘रेडियो र शान्ति’ विषयमा कार्यक्रम गरेको छ । १२ औँ विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा उक्त कार्यक्रम काठमाडौँमा गरिएको हो ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता, समाज शास्त्री, विज्ञ र रेडियोकर्मीहरूले रेडियोले शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । राजनीतिक, सामाजिक र परिवारभित्रको शान्ति प्रक्रियामा पनि रेडियोले भूमिका खेलेको उदाहरणहरू पनि कार्यक्रममा प्रस्तुत गरिएको वानका केन्द्रीय कोषाध्यक्ष हरि जोशीले जानकारी दिए ।
यस्तै, कार्यक्रममा सहभागी सांसद विद्या भट्टराईले रेडियो र रेडियोकर्मीको समस्याका विषयहरू संसदमा राख्ने, नीति निर्माणमा सघाउने प्रतिबद्धता गरे । उनले परिवर्तनका लागि सञ्चार माध्यमले धेरै ठुलो भूमिका खेलेको उल्लेख गरे ।

त्यस्तै, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सूचना विभागका महानिर्देशक शङ्कर नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले रेडियोले शान्ति प्रक्रियामा खेलेको भूमिकालाई सरकारी स्तरबाटै संस्थागत गर्नु पर्नेमा जोड दिए । यस्तै, समाज शास्त्री डाक्टर सुरेश ढकाल, शान्ति प्रक्रियाका अभियन्ता राधा पौडेलले समाज भित्रका द्वन्द्वलाई शान्ति प्रक्रियामा रुपान्त्रण गर्न केन्द्रित हुनुपर्ने सुझाव दिए ।
यसका साथै, मिडियाका अध्ययता डाक्टर सुधांसु दाहाल, डाक्टर भूमि चापागाईँले रेडियोले अबपारिवारीक शान्ति प्रक्रियालाई जोडेर समाजको शान्ति रुपान्त्रणमा रेडियोका विषयवस्तु केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । भने बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती सापकोटाले केही नीतिगत समस्या रहेको उल्लेख गरे ।
त्यस्तै, अभियन्ता राधा पौडेलले महिलाको महिनावारीको विभेदका कारण आएका समस्याहरूले पनि शान्ति स्थापना हुन नसकेको अवस्थामा रेडियोको भूमिका हुने औँल्याए । भने पत्रकार विनोद ढुङ्गेलले रेडियोले गरेको राम्रो कामको जति चर्चा गरे पनि नपुग्ने बताए।
यस्तै, पत्रकार महिला निर्मला शर्माले नेपालमा सञ्चारकर्मी उत्पादन गर्ने महत्त्वपूर्ण भूमिका रेडियोका भएकाले समाजका मुद्दामा पनि रेडियोको अगुवाइ रहेको बताए । फ्रेबअरी १३ का दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले ’विश्व रेडियो दिवस’को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको । महत्त्वपूर्ण योगदान रहेको छ । देशभरिका व्यावसायिक रेडियोहरूको छाता संस्था वानले रेडियोका मुद्दामा निरन्तर पैरवी गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.