अत्तरिया, १ फागुन : अत्तरिया जेसिसले अंग्रेजी भाषा सिक्न चाहने विद्यार्थीहरुलाई विशेष छुटका साथ भाषा सिकाउने व्यवस्था गरेको छ । जेसिसले युवाहरुको नेतृत्व विकास गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । अत्तरिया जेसिस ले २० प्रतिशत सम्मको छूट उपलब्ध गराई सीमित सिट संख्या मा विद्यार्थीहरुलाई अंग्रेजी भाषा सिकाउने भएको हो । यही फाल्गुन १ गते देखि १५ गते भर्ना कार्यक्रम चलिरहने भएको छ ।
अत्तरिया जेसिसका अध्यक्ष र काठमाडौं ल्याङ्गुइजÞ एण्ड कम्प्युटर ट्रेनिङ् सेन्टरका सञ्चालक द्वारा सम्झौता भई विधार्थीहरुलाई २० प्रतिशत छुट का साथ अत्तरिया स्थित काठमाडौं ल्याङ्गुइजÞ एण्ड कम्प्युटर ट्रेनिङ् सेन्टर मा उक्त भाषा सिकाइने भएको हो ।
अत्तरिया जेसिसका अध्यक्ष मानवहादुर ऐरले विद्यार्थीहरुको व्यक्तित्व विकास अन्तर्गत विश्वव्यापी रुपमा आवश्यक अंग्रेजी भाषाको अहम भूमिका हुने भएको हुँदा यस क्षेत्रका विद्यार्थीहरुलाई बोल्ने क्षमता विकास गर्नुका साथै आत्मनिर्भर बनाउनको लागि विशेष छुटका साथ भाषा सञ्चालनमा ल्याएको बताए । उनले अंग्रेजी भाषाले विद्यार्थी जीवन र दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेल्ने भएको ले इच्छुक युवा विद्यार्थीहरुलाई तिनीहरूको व्यक्तित्व विकासका लागि र शिक्षा क्षमता विकास वृद्धिका लागि अंग्रेजी भाषा मा २० प्रतिशत सम्मको छूट प्रदान गरी अत्तरियामा रहेको काठमाडौं ल्याङ्गुज एण्ड कम्प्युटर सेन्टर मा सञ्चला गर्दै आइरहेको बताए ।
अध्यक्ष मानवहादुर ऐर ले “जेसिस ले युवाहरुलाई सक्रिय नागरिक बन्न र सामाजिक र आर्थिक विकास, र अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशाको प्रयासमा भाग लिन प्रोत्साहित गर्दै आइरहेको’’ बताए ।
सम्बन्धित पाेस्टहरु