अत्तरिया, १ फागुन : कैलाली जिल्लाको अत्तरिया धनगढी रोडमा स्वच्छ मासु पसल सञ्चालनमा आएको छ । मासु स्टेसन नाम दिएर उक्त मासु पसल सञ्चालनमा आएको हो । सोमबार सञ्चालनमा आएको मासु पसल अत्तरिया चर्च का पास्टर नन्द सिंह ले रिबन काटेर उद्घाटन गरेका हुन ।
२२ लाख को लगानीमा सञ्चालनमा ल्याइएको मासु पसल विशेष गरी मासुका पारखीहरुलाई ताजा स्वस्थप्रद मासुहरुको व्यवस्था गरी उपलब्ध गराउने संचालक राजेश लामाले बताए । उनले ग्राहकहरुलाई सफा र स्वस्थ मासु उपलब्ध गराउने बताए ।
उनले सञ्चालमा ल्याएको यस मासु पसलमा श्वस्थप्रद कुखुरा, माछा र खसीको मासु, फ्रोजन् मासुका परिकारहरु साथै कुखुरा अण्डा लगायत घरमै तयार पारिएको मःमः सुपथ मुल्यमा उपलब्ध गराउने बताए ।
संचालक राजेश लामा ले ग्राहकहरुलाई विवाह, पार्टी, लगायत अन्य थुप्रै कार्यक्रमहरुमा माग गरे अनुसारका आवश्यक मासुहरुका परिकारहरु उपलब्ध गराउने साथै यस क्षेत्र भित्र फ्री डेलिभरीको सुविधा समेत रहेको बताए ।
सम्बन्धित पाेस्टहरु