अत्तरिया, २ फागुन : कैलालीको गौरीगंगा नगरपालिकामा रहेको न्यु त्रिपूरा ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा करनबहादुर खड्का चयन भएका छन् । संस्थाका १७ औँ बार्षीक साधारणसभा बाट ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा वीरबहादुर भुल, सचिवमा यशोदा सिजाली र कोसाध्ध्यक्षमा विपना पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मिना साहु, तुल्छा बोगटी, भरत कुँवर, जोगि कामी र पबित्रा खडका रछन् । साथै ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ ।
लेखाको संयोजकमा लक्ष्मी बोगटी कुँवर, सदस्यहरुमा कृष्ण साँउद र चेतबहादुर बिस्ट निर्विरोध निर्वाचित भएका हुन । संस्थामा ४ सय ९७ सेयर सदस्य रहेका छन ।
निर्वाचित संचालक समिति र लेखा सुपरीवेक्षण समितिलाई निर्वाचन संयोजक उजिरसिँ कुँवरले सपथग्रहण गराएका हुन ।
सम्बन्धित पाेस्टहरु