सामुदायिक विद्यालय व्यवस्थापन गर्न समन्वय समिति गठन

समितिको संयोजकमा लक्ष्मीनारायाण चौधरी

अत्तरिया : सामुदायिक विद्यालयका शिक्षा सुधारका लागि सुरु भएको अभियान अन्तिम चरणमा पुगेको छ । धनगढी उपमहानगरका सम्पूर्ण वडा अध्यक्षलाई अभियानका बारेका ध्यानकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विद्यालको शैक्षिक वृद्धि र निजी स्रोत शिक्षकको व्यवस्थापन अभियानका संयोजक एंव वडा नम्बर १७ मा रहेको न्यू कालिका आधारभूत विद्यालय धुर्झन्नाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज राना नेतृत्व अभियान सञ्चालन भएको थियो । अभियानले सवै वडामा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरीसेकपछि सम्पूर्णलाई समेट्ने गरी २५ सदस्ययी नयाँ समिति समेत चयन गरेको छ । नयाँ गठन भएको समितिको नाम ‘सामुदायिक विद्यालय व्यवस्थापन गर्न समन्वय समिति’ राखेको छ । धनगढीमा सम्पन्न भएको भेलाले लक्ष्मीनारायण चौधरीको संयोकत्वमा २५ सदस्यी समिति गठन गरेको छ । समितिको उप–संयोजकमा पुष्पराज राना, सचिवमा नरेन्द्रबहादुर ऐडी, सह–सचिवमा विरेन्द्र भाट, कोषाध्यक्षमा चम्फा चौधरी सहित २५ सयदस्ययी समिति चयन गरिएको हो । समितिले उपमहानगरमा शिक्षा क्षेत्रको देखिएका समस्याहरु समेट्र नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमम रहेको उप–संयोजक पुष्प रानाले जानकारी दिए ।
वडा पालिकालाई बुझाएको ज्ञापनपत्रमा विद्यालयमा एक कक्षा एक शिक्षकको दरबन्दीको व्यवस्था हुनेपर्ने, वडामा विनियोजन भएको रकमको २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने माग गरेका छन् । विद्यालय सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले वडा शिक्षा समितिलाई क्रियाशिल बनाई वडा शिक्षा कार्यविधि तयार गर्नुपर्ने, वडाबाट निकासी हुने नदीजन्य पदार्थको कुल रकमको २५ प्रतिशत विद्यालय विकासमा खर्च गर्नुपर्ने, नीजि स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षकका रुपमा व्यवस्थापन गरिनुपर्ने लगायतका मागहरु अगाडि सारेका छन् ।
यस्तै, गरी सामुदायिक विद्यालयमा कक्षा एक देखि ५ सम्म अंग्रेजी माध्याममा बढाउने वातावारण सिर्जना गर्नुपर्ने, बाल विकास शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने र तालिम लिएका शिक्षकहरुलाई शैक्षिक गुणस्तर वृद्धिका निमित्त पुर्न ताजगी तालिमो व्यवस्था मिलाईनुपर्ने लगायतका माग रहेका छन् । त्यस्तै गरी सरकारी संघ संस्थामा कार्यरत कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अध्यनन गराउने वातावरण बनाउनेपर्ने रहेका छन् । यस्तै विभिन्न ठाउँमा विद्यालयका नाममा रहेका सम्पति कुनै व्यक्ति या संस्थाले प्रयोग गरेको भए विद्यालयहरुलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन र सामुदायिक विदालयको शैक्षिक पात्रो जारी गर्नुपर्ने माग गरिएको छ । यस्तै, गरी एक वडा एक नमुना विद्यालयको घोषणा गर्नुपर्ने र विद्यालयको व्यवस्थापन समिति गठनमा मनोनयन गर्ने सदस्यह संघीय ऐन अनुसार मनोनयन गरिनुपर्ने रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.