डडेल्धुरामा भीरबाट लडेर २६ बर्षीय महिलाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामीको भीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, जोगबुढाले जानकारी दिएको छ ।
मंगलबार बिहान घाँस काट्ने क्रमम गड्बड्यानी भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले जानकारी दिए । भीरबाट लडेर एक सय मिटर तल खसेकी धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.