अत्तरिया, ३ फागुन : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको खानेपानी संस्थालाई सम्मान गरिएको छ । मंगलबार अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई नगर विकास कोष काठमाडौंले आफ्नो ३५ औँ बार्षिक उत्सवको अवसरमा सम्मान गरेको हो । काठमाण्डौँमा आयोजना गरेको कार्यक्रमा संस्थाले खानेपानीले पुरा गर्नुपर्ने नियमहरु पुरागरेपछि सम्मान गरेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशीले जानकारी दिए ।
देशभरका एक सय १० खानेपानी संस्थाको निवेदन परेकामा २ संस्था सम्मानित भएका हुन् ।
सम्बन्धित पाेस्टहरु