अत्तरिया ः कैलालीको गोदावरी नगरपालिकाका एक निर्दोष किशोर प्रहरीबाटै कुटपिट भएको आरोप लागेको छ । गोदावरी नगरपालिका बाँस्कोटाका १७ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेको आफन्तले गुनासो गरेका हुन्।
यस्तो थियो घट्ना ः सोमबार तीन जना केटाहरु बसन्तपुरमा गाँजा तानिरहेका थिए। सोहि स्थानमा सन्तोष चौधरी पनि पुगे। ‘चौधरी सोझो र लाटो भएको आफन्तले बताएका छन्। त्यही बीचमा प्रहरी आइपुगे। प्रहरीले समात्नेक्रममा तीन जना भागे। निर्दोष सन्तोष फेला परे। उनलाई कुट्दै प्रहरीले गाडीमा राख्यो। सोमबार रातभर कुटाई खायो। तर सन्तोषको कुनै गल्ती थिएन्।
गाँजा तान्ने व्यक्ति भागि सकेका थिए। बाँस्कोटा सामुदायिक वनका केहि पदाधिकारीले समेत सन्तोष नै दोषी हो भनेर झन प्रहरीलाई कुट्न उक्साए। मंगलबार छुटाउन जाँदा उसको हालत निकै खराब थियो’, उनका एक आफन्तले भने। सन्तोषलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ। हिडडुल गर्न सक्ने अवस्थामा नभएको आफन्तले बताएका छन्।
‘बिना कारण प्रहरीले कुटपिट मात्र गरेको छैन्। उसलाई १८ दिनको तारेख समेत बोकाउने काम भएको छ। जबकी उ अहिले राम्रोसँग बोल्न सक्ने अवस्थामा समेत छैन्। जनावर मार्ने, गोली चगाउने, घाइते चित्तलको बच्चा मार्ने भनेर जथाभावी आरोप सन्तोषमाथि प्रहरीले लगाएको छ’, आफन्तले भने।
सन्तोष गाउँकै सबैभन्दा सोझो मात्र नभएर उ मान्छे देखेपछि पनि डराउने केटा हो, आफन्तले भने। यतिधेरै आरोप लगाएर फसाउने काम भएको उनीहरुको गुनासो छ। सन्तोषमाथि लगाएका आरोपको कुनै प्रमाण समेत छैन्। अन्धाधुन्ध कुटपिट गरेर अहिले अस्पताल लैजाने तयारी भइरहेको आफन्तले बताएका छन्। गाँजा तान्ने अरु कुटपिट र हुँदै नभएका विषयमा आरोप लगाएर फसाउने काम सन्तोषमाथि भएको छिमेकी आफ्न्तको भनाई छ।
प्रहरी भन्छ, कुटेको होइन
इलाका प्रहरी कार्यालय मालाखेतीले भने गाँजा तानिरहेकै अवस्थामा सन्तोषलाई पक्राउ गरिएको बताएको छ। गाँजासहित नै उसलाई फेला पारेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए। ‘प्रहरीले कुटपिट गरेको छैन्। गाँजाको डोज बढी भएर समस्या भएको हुन सक्छ। अहिले उपचारका लागि पद्मा अस्पतालमा ल्याइएको छ। गाँजा तानिरहेकै अवस्थामा पक्राउ गरिएको हो।’ प्रहरी प्रमुख बरालले भने।