सिस्टममा अघि बढ्न नसके मुलुकको विकास हुन सक्दैन : मुख्यमन्त्री शाह

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सिस्टम, एउटा प्रकृयामा हामी अघि बढ्न नसके मुलुकको विकास हुन नसक्ने बताएका छन् । जिल्ला समन्वय समिति कैलालीको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै धेरै कुराहरूमा समीक्षा गर्नु जरुरी रहेको भन्दै उनले सो कुरा बताएका हुन् ।

‘एउटा सिस्टम,एउटा प्रकृयामा जबसम्म हामी अगाडी बढ्न सक्दैनौ ,तबसम्म यो मुलुकको विकास हुन सक्दैन,’उनले भने,‘हामीले सोचेको जस्तो नेपाल बनाउन सक्दैनौ,त्यस कारण हामीले धेरै कुराहरूमा समीक्षा गर्नु छ ।’ कुनै पनि जनप्रतिनिधिहरूले गलत कार्य गरे प्रदेश सरकारले तत्काल कारबाही गर्नै समेत बताए।प्रदेश सरकारलाई भष्ट्रचारमुक्त प्रदेश बनाउन लागेको भन्दै उनले सबै पालिकाका जनप्रतिनिधि र प्रदेश सभा सदस्यहरुलाई इमानदारीका साथ जनताको सेवामा लाग्न समेत अनुरोध गरे ।

‘कुनै पनि बजेट विनियोजनका सन्दर्भमा,बजेट हाल्ने सन्दर्भमा विभिन्न कमिसनका कुराहरू उठ्ने गरेको पाइएको छ,’ उनले भने,‘कुनै पनि जनप्रतिनिधि वा कुनै पनि सांसदले यदि भोलिका दिनहरूमा त्यो कृयाकलाप गर्‍यो भने उहाँहरूलाई कानुनको दायरा भित्रमा अगाडी ल्याउनको लागि म अगाडी बढ्छु ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.