डोटीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

अत्तरिया : डोटीमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआई गाउँपालिका – १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा केआईसिंह गाउँपालिका – १ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धन बहादुर तिरूवाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा केआइसिंह गाउँपालिका – १ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुलाई उद्दार पछि घर पठाइएको छ भने गम्भीर घाइतेहरुको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।
जीपमा सवार यात्रुहरु शुक्रबार मात्रै भारतबाट आएका थिए । गाडी रिजर्व गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जीप दुर्घटना भएको हो । शुक्रबार राति ११ ः३० बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.