अत्तरिया, ८ फागुन : गौरीगंगा नगरपालिका–६, वनवेहडा आधारभुत स्वास्थ केन्द्रद्वारा एक दिने हात्तिपाईले रोग विरुद्धको वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. ६ का वडा अध्यक्ष टेकबहादुर कुँवरको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष कमला शर्मा, सामुदायिक मेलमिलाप केन्द्र गौरीगंगा नगर संयोजक हेमन्तराज जोशी ( बाजे), रानिफाँटा सामुदायिक समूह अध्यक्ष चक्र बोगटी, वडा सदस्य सियाराम चौधरी, अमर माविका अध्यक्ष टिकाराम सर्मा, विणा ग्रामीण विद्युत सहकारी अध्यक्ष पुरन सिंह कडायत, दृस्टी ग्रामिण विद्युत सहकारी अध्यक्ष वीरबहादुर शाह र विणा विद्या मन्दिरका प्रधानाध्यापक दलबहादुर बोगटी लगायतकाले कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा आफ्नो विचार व्यक्त गरेका थिए ।
हात्तिपाईलेको औसधि सेवनले पार्ने सामान्य असर सहित सो रोग बारे विभिन्न नकारात्मक भ्रम चिर्न समाजसेवी, वुद्धिजीवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिको महत्वपूर्ण भुमिका हुने भएकाले कार्यक्रम गरिएको आधारभुत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्यायले जानकारी दिए । सो कार्यक्रममा २० जना विभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । फाल्गुन ११ देखि १३ गते सम्म औसधि खुवाउने कार्यक्रम रहेको छ ।
सम्बन्धित पाेस्टहरु