दार्चुला : दार्चुलामा जबरजस्ती करणीको आरोप लागेका वडाध्यक्ष मदनसिंह धामी सम्पकै विहीन बनेका छन । मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष धामी माथि एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।लपीडित महिलाले वडाध्यक्षले जबरजस्तीकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलामा किटानी जाहेरी दिएकी छिन । पीडित महिलाले वडाध्यक्षले माघ २० गते राती घरमा आएर जबरजस्तीकरणी गरेको निवेदन पेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिएका छन ।
वडाध्यक्ष धामी जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि सम्पर्क विहिन बनेका थिए । सम्पर्क बिहिन बनेका वडाध्यक्ष धामीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनले प्रयोग गर्ने वडाको नम्बर पनि स्विच अफ गरिएको छ । वडा सचिव मदन धामीले भने वडाको कार्यवाहक जिम्मा वडा सदस्य करन धामीलाई दिएर उपचारका लागि काठमाण्डौं गएको बताएका छन् । वडाध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।