एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा मन्नी चयन

अत्तरिया : एकीकृत अखिल नेपाल शिक्षक संगठन सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा खड्का मन्नी चयन भएका छन् । गौरीगंगामा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनले मन्नीको अध्यक्षतामा ५१ सदस्यीय समितिको निर्विरोध चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा धौलासिंह जाग्री र गिता जोशी उपाध्यक्षमा रामप्रसाद सापकोटा र यज्ञराज पनेरु, महासचिव मनोज रावल, अर्थ उप-महासचिव परमानन्द नाथ, उप-महासचिव लोकराज भट्ट, सचिवमा धन प्रकाश गिरी, कुल बहादुर भण्डारी र राम बहादुर ऐर चयन भएका छन् । यस्तै सदस्यहरुमा जब्बर बडुवाल, धनञ्जय ढुङ्गाना,लिखिनी चौधरी, चक्र मल्ल, दान बहादुर शाह, उज्ज्वल सिंह धानुक, प्रेमदत्त कलौनी, भागीरथ पाण्डेय, परमानन्द जोशी लगायत रहेका छन् ‌।
अधिवेशनले कृष्ण बहादुर बिष्टको संयोजकत्वमा ११ सदस्य समितिको चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमश टंक संज्याल, जयदेव जोशी, धर्म न्यौपाने, जयबहादुर कुँवर,पदम बहादुर ऐर, पदमराज जोशी ललितराज जोशी, मकर शाह, इन्द्र बहादुर साउद र दमन महता रहेका छन् ।
नेकपा माओवादी ९ केन्द्र ०का सुदुरपश्चिम प्रदेश अध्यक्ष, तथा राष्ट्रिय सभा सदस्य माननीय हरिराम चौधरी ९ उत्सब० को प्रमुख आतिथ्यता तथा संगठनका केन्द्रिय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज चेतना रेग्मीको बिशिस्ट आतिथ्यतामा संविधान सभा सदस्य कृष्ण कुमार चौधरी ९कुन्दन०को उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.