अत्तरिया, ९ फागुन : कैलालीको गोदावरी नगरपालिका अत्तरियाचोकमा चर्को बैंकिङ ब्याजदर विरुद्ध विरोध प्रदर्शन गरिएको छ । मंगलबार अत्तरिया उद्योग वाणीज्य संघको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अत्तरिया उद्योग वाणीज्य संघका अध्यक्ष अशोकराज देवकोटाले भने । ‘दुई वर्ष कोरोना कालको कारणले गर्दा एउटा सिथिल भएको व्यापार भर्खरै निरन्तर रुपमा माथि उठ्दै थियो त्यही क्रममा फेरि बैंकहरुले जुन किसिमको आतंक मच्चाएर व्यापारीहरूको ढाड सेक्ने काम गरेको छ’ उनले बैंक व्याजका विरुद्ध सम्पूर्ण उद्योगी, व्यवसायी, व्यापारीहरु एकजुट भएर चर्को ब्याजदर विरूद्धको आन्दोलनलाई निष्कर्ष रुपमा नपुगाएसम्म आन्दोलनलाई निरन्तरता दिने बताए ।
उनले सम्पूर्ण व्यापारी व्यावसायीहरुलाई बैंकिङ चर्को ब्याज मात्र नभई बैंकिङको आतंक, चोरी, डकैती शैलीमा जसरी व्यापारी व्यवसायीहरुलाई चुस्ने ठगी गर्ने कार्य भइरहेको बताए । व्यापार ब्यावसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ छ ।
नेपाल उद्योग वाणिज्य महासंघले नेतृत्व गरी बैंकिङ चर्को ब्याजदर विरूद्ध देश भरिका उद्योग वाणिज्य संघहरुलाई पत्राचार गर्न र एकैचोटी एकै समयमा देशभरि विरोध प्रदर्शनका कार्यक्रम गर्न आवश्यक रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा कैलाली जिल्लाको बसेको बैठकका अनुसार पहिलो चरणमा सांकेतिक रुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । बुधबार उद्योग वाणीज्य संघ उद्योगि व्यापारीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समेत छ । अध्यक्ष देवकोटाले व्यापारी, व्यवसायीहरुले सुरुमा ऋण लिँदा खेरी ७÷८ प्रतिशतमा उपलब्ध गराउने र त्यसपछि थाहै नदिकन एकैचोटी १७÷१८ प्रतिशत ब्याजको वृद्धि गरेर जुन किसिम ले आतंक मच्चाइरहेको बताए ।
बैंकका आतंक विरुद्ध सम्पूर्ण उद्योगी, व्यवसायी, व्यापारीहरू लगायत व्यापारीहरूको नेतृत्वगर्दै आइरहेको छाता संगठन उद्योग वाणिज्य संघ साथै थुप्रै अरु संगठनहरुले पनि यस बैंकिङको चर्को ब्याजदर विरुद्ध हातेमालो गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।
विरोध प्रदर्शनमा उद्योगी, व्यापारी, व्यवसायी, कैलाली जिल्ला हार्डवेयर संघका उपाअध्यक्ष, कैलाली चम्पर अफ कमर्सका उपाध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित पाेस्टहरु