धनगढीका मेयर हमालको अनुरोध–‘सार्वजकि सम्पतिको संरक्षण गरिदिनुहोस्’

धनगढी : धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले सार्वजनिक सम्पतिको संरक्षण गरिदिन नगरवासीलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले यस्तो अनुरोध गरेका हुन् । ‘धनगढी उपमहानगरले ६ लेन सडकको मिडियाममा वृक्षारोपण स्मार्ट र हाईमास्ट लाईट लगाएर सहरको सौन्दर्यकरण बनाउने प्रयासमा छ’, उनले भनेका छन् । ‘तर, केहि दिन यता सडकको बीच भागमा लगाएको तार जालीनै भत्किने गरी वारपार गर्ने काम भईरहेको छ । यस्तो क्रियाकलाप कसैले नगरिदिन्होस् । सडकमा लगाएका बोट विरुवा समेत चोरी भएका छन्’ उनले कसैले सडकमा लगाएका बोट चोरी र तार नाघेर सडक वारपार गर्ने व्यक्तिलाई सम्झाईदिन सामाजिक सञ्जाल मार्फत नगरवासीलाई अपिल समेत गरेका छन् । ६ लेनको प्रत्येक ३ सय मिटरमा बाटो क्रस गर्ने ठाँउ भएकाले सोही ठाँउमा गएर क्रस गर्न आग्रह गरेका छन । बोटबिरुवा चोरी वा तार माथिबाट बाटो क्रस गर्ने व्यक्ति जासुकै भएपनि फेला परेमा कारबाही गरिने मेयर हमालले बताएका छन ।
उपमहानगरले मोहना–अत्तरिया ६ लेन सडकमा धनगढीको क्षेत्राधिकार भित्र वृक्षारोपण देखि तार जाली लगाउने, स्मार्ट र हाईमास्ट लाईट जडान गर्ने कार्य तिब्र पारिएको छ । फागुन भित्र सडकमा बत्ती बाल्ने योजना रहेको छ । दुई चरणमा सडकमा स्मार्ट बत्ती जडान गर्ने कार्य भईरहेको छ । पहिलो चरणमा धनगढी चौराह देखि एयरपोर्ट सडक सम्म र दोस्रो चरणमा बाँकी रहेको भागमा बत्ती जडान हुने छन् । यस सडकमा १६ मिटर अग्लो ६ वटा लाईट भएको हाईमास्ट बत्ती जडान हुँदै छन । धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको साझेदारीमा कार्यभईरहेको उपहानगरपालिकाले जानकारी दिएको छ । लाईट तीन वटा कम्पनीले काम गरिरहेका छन् । सडक बत्तीमा आएको विजुलीको विल उपमहानगरले नै तिर्ने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.