मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा–चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको हो । अर्का व्यक्ति घाइते भएका छन् । दोधारा–चाँदनी नगरपालिका–९ कालिकास्थित सडकमा सुपप्र ०२००४ प ०८४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार १७ वर्षीय करन चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए । मृतक चन्द वडा नम्बर–६ निवासी हुन । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.