झलमल्ल धनगढीको छ लेन सडक

अत्तरिया, १० फागुन : धनगढी उपमहानगरपालिकामा पर्ने छ लेन सडक झलमल्ल भएको छ । मोहना–अत्तरिया छ लेन सडक अन्र्तगत धनगढी क्षेत्रमा स्मार्ट स्ट्रिट लाईट जडानभएसंगै सडक झलमल्ल भएको हो । बत्तीको बुधबार साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मन्त्री देउवाले धनगढीको छ लेन सडकमा अध्यारोको समस्या निराकरण गर्नका लागि उपमहानगरले गरेको कामको प्रसंसा गरे । उनले धनगढीको विकासका लागि तीन तहको समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
पहिलो चरणमा छ दशमलव छ किलोमिटरमा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा बत्ती जडान गरिएको हो । उपमहानगरपालिका इन्जिनीयर दिजराज भट्टका अनुसार २ करोड ६९ लाख ५८ हजार चार सय १० रुपैयाँ लागत लागेको छ ।
उपमहानगरको एक करोड ६१ लाख ७५ हजार ४६ रुपैयाँ र नेपाल विद्युत प्राधिकरणको एक करोड सात लाख ८३ हजार तीन सय ६४ रुपैयाँ लगानीमा बत्ती जडान भएका हुन् । छोटो समयमा विभागले छोटो अवधिमा धनगढीको बत्ती जडान भएको नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाका प्रमुख श्रीराम पोख्रलले बताए । ‘धनगढीमा मेयरको सक्रियताले बत्ती बलेको छ’, उनले भने, ‘नमुनाका रुपमा काम भएको छ । अन्य ठाउँमा पनि यस प्रकारका काम हुन्छन ।’ उनले सम्झौता भएको ६ देखि ७ महिनामा बत्ती बाल्न सकेको बताए । ‘उज्यालो बढी, बिल पनि कम आउन्छ’, उनले भने । ‘राति कम बेलुका एकदम चम्किलो र लुक्स पनि राम्रो हुन्छ त्यसले गर्दा विभागले स्मार्ट फिचर राखेको हो ।’
धनगढीमा पहिलो चरणको सडक बत्ती जडानको काम पूरा भएको हो । धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने चोकसम्म स्मार्ट सडक बत्ती जडानको काम पूरा भएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए । उनले उपमहानगरलाई उज्याले पार्ने कार्यक्रम अन्र्तगत सुरुवात भएको कार्यक्रममा जानकारी गराए । ‘धनगढी प्रदेशको राजधानी हो । यहाँ प्रवेश गर्न वित्तिकै नागरिकलाई केहि नयाँपनको अनुभूतिहोस् भन्ने हेतुले छ लेन सडकमा सुरुवात भएको छ’, उनले भने । ‘उपमहानरगरको १९ वटै वडालाई उज्यालो बनाउनुछ ।’ उनले सडकमा बत्ती मात्र भएर हुँदैन ग्रिनबिल्ड समेत बनाउने उदेश्य रहेको बताए ।
उपमहानगरभित्रको क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडान गरिएको मेयर हमालले जानकारी गराए । सडकमा पहिलो चरणमा २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको छ । स्मार्ट सडक बत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ ।
दोस्रो चरणमा भने उपमहानगरको एकल लगानीमा बत्ती जडान गरिनेछ । दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान गर्ने लक्ष्य रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.