खानेपानी उपभोक्ता महासंघ प्रदेश अध्यक्षमा कडायत चयन

अत्तरिया, १० फागुन : खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ (फेडवासन) सुदूरपश्चिम प्रदेश अध्यक्षमा रत्ना कडायत चयन भएकी छन । सुदूरपश्चिम प्रदेश संयोजक यज्ञराज जोशीको अध्यक्षतामा सम्पन्न प्रथम अघिवेशनबाट कडायत निर्विरोध प्रदेश अध्यक्षमा चयन भएकी हुन । कडायत कैलालीको गोदावरी निवासी हुन । उनी गोदावरी नगरपालिकाको पुर्व उपप्रमुख समेत हुन । समितिको उपाध्यक्षमा बाजुराका सुरेश विक, महासचिवमा कैलालीका रामेश्वर प्रशाद रेग्मी, सचिवमा बझाङका सिल्पा कुमारी मन्डेल र कोषाध्यक्षमा कञ्चनपुरकी बर्ष सुनार चयन भएका छन् । ९ सदस्यीय समितिका ४ सदस्य रहेका छन । जसमा कैलालीका बल बोगटी, बझाङका रमेश ताम्राकार, बझाङकै सरिता जोशी र कैलालीकी गिता गड्तोला चयन भएकी छिन ।
धनगढीमा सम्पन्न अघिवेशनमा फेडवासनका केन्द्रिय सदस्य कृष्णराज सुवेदी, चुनकुमारी चौधरी, शेर बहादर शाही, माया नेगी, राधिका अवस्थी, नेत्र प्रसाद खनाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.