राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो कार्य सम्पादन समिति बैठक

अत्तरिया : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बोलाइएको बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयनलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल चलिरहेको छ । आसन्न राष्ट्रपति निर्वाचनका लागि २५ फागुनमा मतदान हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.